प्याज निर्यात रोक्न भारतले लगायो ४० प्रतिशत कर, नेपाली भान्छामा के असर पर्ला ?

प्याज निर्यात रोक्न भारतले लगायो ४० प्रतिशत कर, नेपाली भान्छामा के असर पर्ला ?

केन्द्रबिन्दु
0
Shares

भारतले विदेश निर्यात हुने प्याजमा ४० प्रतिशत कर लगाएको छ । भारतको वित्त मन्त्रालयले एक सूचना जारी गर्दै प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको हो ।

भारत विश्वमा प्याज निर्यात गर्ने सबैभन्दा ठूलो देशमध्ये पर्छ तर भारतीय बजारमै प्याजको मूल्य बृद्धि भएपछि सरकारले कर लगाएर निर्यात निरुत्साहित गर्न लागेको हो। 

भारतीय भान्छामा प्याजको अधिक प्रयोग हुने गर्छ। अहिले भारतको आन्तरिक बजारमा प्याजको मूल्य प्रतिकिलो ३०.७२ भारु रहेको छ । यो गत वर्षको यही अवधिको तुलनामा २०.७५ प्रतिशतले बढी हो । 

भारतले प्याज निर्यातमा कर थपेसँगै नेपाली बजारमा मूल्य बढ्ने अनुमान गरिएको छ । हाल नेपाली बजारमा अधिकांश प्याज भारतबाटै आउँछ। सिजनल मात्र घरेलु उत्पादन हुने भएकाले नेपाली भान्छा भारतीय प्याजमा नै निर्भर रहँदै आएको छ। आज कालीमाटी तरकारी बजारमा एक किलो प्याजको औसत मूल्य ६१ रुपैयाँ पर्छ। थप निर्यात कर लागेर आउँदा त्यसै अनुसारले महंगाे हुने बताइएकाे छ । 

गत महिनामात्रै भारतले बासमती बाहेकका अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाइसकेको छ।

Skip This
Skip This
Logo