काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफल विना निष्कर्ष टुंगिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक विना निष्कर्ष टुंगिएको हो ।
त्यस्तै विदेशबाट लकडाउनको समयमा फर्किएकाहरुलाई सरकारले होटलमा राख्ने भनेपनि होटलमा बस्नेको संख्या न्यून रहेको छ । अहिलेसम्म विदेशबाट फर्किएका १६ हजार ६ सय ७२ जना मध्ये १ हजार १ सय जना मात्रै होटेलमा बसेका छन् ।
नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १ सय ३० डलरले बढेकाे छ । गत वर्ष भन्दा १ सय ३० बढेर १ हजार ९० डलर पुगेको विश्व बैंकले जनाएको हाे । गत वर्ष नेपालीको प्रतिव्यक्ति आय ९ सय ६० डलर रहेको थियो ।
त्यस्तैगरी पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी र घरधनी बीच छ महिनादेखि १ वर्षसम्म ५० प्रतिशत घरभाडा छुट दिने समझदारी भएको छ । घरधनीसँग एक वर्षसम्म ५० प्रतिशत भाडा छुट दिने समझदारी बनेको पर्यटन क्षेत्रका २२ संस्थाले जनाएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा माग्ने समय नआएको बताएका छन् । शुक्रबार केन्द्रबिन्दुसँग विशेष अन्तवार्ता दिँदै मन्त्री भट्टराईले राजीनामा माग्ने समय अझै नभएको बताएका हुन् । नेकपालाई देशको बलियो शक्ति बनाउन दुई अध्यक्षले महत्वपूर्ण योगदान पुर्याएकाले अहिलेको अवस्थाको पनि मिलेरै समाधान खोज्नुपर्ने उनको भनाइ छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..































प्रतिक्रिया