‘थ्रीआरलाई ध्यानमा राखेर मौद्रिक नीति ल्याउनुपर्छ’–पूर्वगभर्नर नेपाल

‘थ्रीआरलाई ध्यानमा राखेर मौद्रिक नीति ल्याउनुपर्छ’–पूर्वगभर्नर नेपाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले राष्ट्र बैंकले अहिलेको परिस्थितिमा ‘थ्रीआर’लाई ध्यानमा राखेर मौद्रिक नीति ल्याउनु पर्ने बताएका छन् । जस अन्तर्गत रिस्ट्रचरिङ, रिसेडुल र रिलिफ प्याकेज ल्याउनु पर्ने पूर्व गभर्नर नेपालको भनाइ थियो । पूर्वगभर्नर नेपालले आर्थिक पत्रकार समाज नेपाल (सेजन)को वेवनारमा बोल्दै यस्तो बताएका हुन् ।

उनले कर्जाको पुनर्संरचना गर्दा व्यक्तिगत कर्जादेखि ठूला परियोजनाका कर्जालाई समेत हेरेर नीति तर्जुमा गर्न सुझाव दिएका छन् । त्यस्तै, पर्यटन, घरेलु तथा साना उद्योग, एसएमई लगायत बढी प्रभावित क्षेत्रका कर्जाको पुनर्तालिकीकरणमा जोड दिनुपर्ने डा. नेपालको भनाइ थियो । त्यस्तै, पुनर्उत्थान हुन सक्ने, रोजगारी सिर्जना गर्न सक्ने र देशमा आपूर्ति सहजरुपमा बढाउन सक्ने व्यवसायलाई राहत प्याकेज दिनेतर्फ मौद्रिकनीतिले ध्यान दिनु पर्ने उनको भनाइ थियो ।

त्यस्तै, कोरोना महामारीको कुनै निश्चितता नभएका कारण अनिश्चित परिस्थितिमा वित्तीय स्थायित्व कायम गर्नु पर्ने जिम्मेवारी राष्ट्र बैंकमा रहेको बताए । व्यापार व्यवसाय सरल रुपमा सञ्चालन वातावरण बनाउनु पर्ने, रोजगारी सिर्जना गर्नुपर्ने आपूर्ती व्यवस्थालाई सहजरुपमा अगाडि लैजानु पर्ने लगायत विषयलाई आगामी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने डा. नेपालको भनाइ थियो ।

Skip This
Skip This
Logo