जर्मनी विलासी कार ‘अउडी’ औपचारिक रुपमा नेपाल भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक काइरोस इन्टरनेसनल काठमाडौंले विद्युतीय कार ‘अउडी’लाई नेपाली बजारमा सार्वजनिक गरेकाे हो ।
सुरूमा कम्पनीले ‘अउडी’का क्यू फोर ३५ ई–ट्रोनको दुई भेरियन्ट उपलब्ध गराएकाे छ । यो विद्युतीय कारमा ५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक रहेको छ । उक्त कारमा रहेको मोटरको पिकपार १ सय २५ किलोवाट रहेको छ ।
‘अउडी’को यो कारले एक पटकको फुल चार्जमा ३ सय ४९ किलोमिटर रेन्ज रहेको डब्लूएलटीपीले प्रमाणित गरेको छ । ‘अउडी’को विद्युतीय कार उत्कृष्ट विशेषतायुक्त रहेको विश्वका विभिन्न देशमा ‘अउडी’को ई–ट्रोन सेगमेन्टमा विद्युतीय कारको निक्कै चर्चा हुने गरेको पाइन्छ ।
जर्मनीमा उत्पादित उच्च गुणस्तरीय विद्युतीय कार नेपाली उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले काइरोसले ‘अउडी’का विद्युतीय कार नेपाल भित्र्याएको हो । सुरुमा २ मोडल भित्र्याएको कम्पनीले ‘अउडी’का अन्य मोडलका विद्युतीय कार पनि उपलब्ध हुने गराउने छ । विद्युतीय कार भित्र्याएसँगै कम्पनीले उच्चस्तरीय सर्भिस उपलब्ध गराउन तयारी थालिसकेको छ ।
कम्पनीले उपलब्ध गराएको ‘अउडी’का क्यू फोर ३५ ई–ट्रोनको नेपाली बजार मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै ‘अउडी’का क्यू फोर ३५ ई–ट्रोन स्पोर्टब्याक भेरियन्टको मूल्य भने १ करोड ५० लाख रुपैयाँमा तोकिएको छ ।
काइरोस इन्टरनेसनल अउडी नेपालको सेल्स इन्चार्ज दुर्गाराम महर्जनका अनुसार अउडीका गाडीहरु महंगो हुनुको कारण ब्राण्ड पहिलो र सेफ्टी र सेक्युरीटी दोस्रो भएका कारण अन्य गाडीका हिसावमा अउडीका गाडीहरु बढी प्रिमियम भएको बताए । उनले गाडीले दिने माइलेज, मूल्य, पावरका हिसावमा अन्य इभी गाडीहरु भन्दा आउडीका क्यू फोर ३५ माथि रहेको पनि जिकिर गरे ।





























प्रतिक्रिया