बुद्धभूमि नेपाल हाइड्रोपावरले बढायो मुनाफा

बुद्धभूमि नेपाल हाइड्रोपावरले बढायो मुनाफा

केन्द्रबिन्दु
0
Shares

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बुद्धभूमि नेपाल हाइड्रोपावरको खुद नाफा ह्वातै बढेको छ।

यसअवधिमा यस कम्पनीले १ करोड ११ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ४६ लाख ४० हजार रुपैयाँ घाटा व्यहोरेको थियो। एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो।

गत वर्ष १ करोड ३६ लाख १४ हजार रुपैयाँ रहेको विद्युत् बिक्रीबाट हुने आम्दानी यो वर्ष १६ करोड ४४ लाख ८५ हजार रुपैयाँ पुगेको छ। अन्य स्रोतबाट यस कम्पनीले ८७ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले अन्य स्रोतबाट ३ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ ०२ पैसा छ। चुक्ता पुँजी ४० करोड रुपैयाँ छ। यता, जगेडा कोष भने ४ करोड ९२ लाख ३७ हजार रुपैयाँ ऋणात्मक छ। 

Skip This
Skip This
Logo