उत्कृष्ट स्विस शिल्प कौशल र प्राकृतिक सामग्री प्रयोग गर्ने प्रतिबद्धताका लागि प्रख्यात Movenpick आइसक्रिम अब नेपाली बजारमा उपलब्ध भएको छ।
केएल दुगड समूहद्वारा आयात गरिएको Movenpick आइसक्रिमले प्रिमियम आइसक्रिम सेगमेंटको लागि नयाँ मापदण्ड सेट गर्दै कुनै कृत्रिम तत्त्व, स्वाद, वा स्टेबिलाइजरहरू बिना शुद्धताको वास्तविक सारलाई मूल रूप दिनेछ ।
काठमाडौँको ठमेल स्थित ठमेल – द कर्नरमा रहेको यसको पहिलो आउटलेटको उद्घाटन हिजो एक भव्य कार्यक्रमका साथ भएको छ। स्टोर दैनिक बिहान ११ बजे देखि राति ११ बजेसम्म खुला रहनेछ । साथै शुक्रबार र शनिबार राति २ बजेसम्म खुला रहेर यो स्टोर आइसक्रिम उत्साहीहरूका लागि अबेर रातिको लोकप्रिय गन्तव्य बन्ने कम्पनीको विश्वास रहेको छ।
मुभएनपिक आइसक्रिमको प्रामाणिकता र गुणस्तरको प्रतिबद्धता यसको अद्वितीय स्विस मूलबाट आउँछ। प्रत्येक स्कूपले स्विट्जरल्याण्डको समृद्ध सम्पदाको अनुभूति गराउने छ।





























प्रतिक्रिया