नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। पेट्रोल तथा डिजेल/मट्टीतेलमा क्रमशः प्रतिलिटर ४ र ३ रुपैयाँ बढाइएको छ।
अब काठमाडौँमा पेट्रोललाई प्रतिलिटर १८२ र डिजेल तथा मट्टीतेललाई १७० रुपैयाँ पर्ने छ। खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढाइएको छ। साविकको खुद्रा बिक्री मूल्यमा प्रतिसिलिन्डर एकैपटक २३५ रुपैयाँले वृद्धि गरिएको छ।
इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य आएकाले नेपालमा पनि स्वचालित मूल्य प्रणालीअनुसार मूल्य बढाइएको निगमले जनाएको छ। नयाँ मूल्य आज रातिबाट लागु हुने छ। यसअघि साउन ३० गते पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो।






























प्रतिक्रिया