यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको बजार मूल्य निर्धारण गरेको छ। जारी मूल्य अनुसार आज हरियो तरकारीको मूल्यमा गिरावट आएको छ। 

आज कन्य च्याउ प्रतिकेजी ४० रुपैयाँ,घिउ सिमी,हरियो फर्सी २०,करेला १०,   रुपैयाँले घटेको छ। समितिका अनुसार आजठूलो गोलभेँडाको न्यूनतम मूल्य हिजोको तुलनामा प्रतिकेजी २० रुपैयाँले घटेर आएको छ। 

हिजो प्रतिकेजी ९० रुपैयाँ तोकिएको नेपाली ठूलो गोलभेँडा आज ७० रुपैयाँ बजार मूल्य निर्धारण गरिएको छ। नेपाली सानो गोलभेँडाको मूल्यमापनि १०रुपैयाँ, घटेको छ। आज गोलभेँडाको प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ रहेको छ। 

आज रातो आलु ५५ रुपैयाँ,भारतीय प्याज सुकेको ७२ रुपैयाँ, गाजर १३० रुपैयाँ तथा स्थानीय काउली १०० रुपैयाँ न्युनतम मूल्य तोकिएको छ। हिजोको तुलनामा आज गाजरको मूल्य प्रतिकेजी १० रुपैयाँ बढेको छ।

घिउ सिमी लोकल ७०, भन्टा डल्लो ७०, तने बोडि ६०, भटमास कोशा ९०, तितो करेला ९०, लौका ७०,लोकल परवल४५,घिराैँला ५०, हरियो फर्सी ५०,फर्सी पाकेको ४५, स्कूस ३०, कन्य च्याउ१८०,डल्ले च्याउ ३५०,कुरीलो ५५०,ब्रो काउली ३००,काँक्रो लोकल १०० रुपैयाँ न्यूनतम प्रतिकेजीमा किनबेच भइरहेको छ।

त्यस्तै, केरा दर्जनको १४० रुपैयाँ,स्याउ फूजी ३२०, अनार २८०,कालो अंगुर ४५०,तरबुजा ७०, मौसम १५०,नासपाती लोकल ७०,मेवा भारतीय ८०,अम्बा १००,किवी ६०० र आभोकाडो २५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ। 

Skip This
Skip This
Logo