बीवाईडीको लोकप्रियतालाई मध्यनजर गर्दै भक्तपुरको सल्लाघारीमा खुल्यो नयाँ शोरुम

बीवाईडीको लोकप्रियतालाई मध्यनजर गर्दै भक्तपुरको सल्लाघारीमा खुल्यो नयाँ शोरुम

केन्द्रबिन्दु
0
Shares

भक्तपुर सल्लाघारीमा बीवाईडीले नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले भव्य समारोहकाबीच वि माई अटोमोबाइल्सको नाममा नयाँ शोरुम उद्घाटन गरेको हो।

शोरुम शुभारम्भ गर्दै वि माई अटोमोबाइल्सका प्रबन्ध निर्देशक नरेन्द्र कुमार रानाले ग्राहकहरु माझ बढ्दै गएको बीवाईडीको लोकप्रियतालाई मध्यनजर गर्दै नयाँ शोरुम सञ्चालनमा ल्याएकाे बताए।

सो अवसरमा बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकका सीईओ शाहिल श्रेष्ठले बीवाईडी ब्रान्ड र नेपालमा यसको लोकप्रियता वारेमा र बीवाईडीका ब्रान्ड एम्बेसडर कलाकार हरिबंश आचार्यले बीवाईडी र विद्युतीय सवारी साधन चढ्दा हुने फाइदा बारेमा जानकारी प्रदान गरेका थिए।

बीवाइडीले नेपालभरि आफ्नो सञ्जाल विस्तार गरिरहेको छ । यस्तै  वीरगन्ज र जनकपुरमा पनि डिलरहरु नियुक्त गरेको छ।  नेपालको विद्युतीय गाडीको बजारमा राम्रो बजार हिस्सा ओगटेको बीवाईडीले नयाँ इलेक्ट्रिक एसयूभी एट्टो थ्री सार्वजनिक गरेसँगै नयाँ शोरुमहरु पनि सञ्चालनमा ल्याइएको छ। 

Skip This
Skip This
Logo