लिटमस केवल्सद्वारा नेपालकै पहिलो ह्यालोजनमुक्त तार जेड एच ईकोवायर सार्वजनिक भएको छ।
शुक्रबार काठमाडौँमा लिट्मस केबल्सले एक भव्य समारोहबीच अत्याधुनिक जर्मन प्रविधिद्वारा नेपालमै उत्पादन गरिएको ईकोवायर जेड एच ईकोवायर सार्वजनिक गरिएको हो।
लिटमस इन्डस्ट्रिज लिमिटेडका निर्देशक रोहित गुप्ताले ह्यालोजनमुक्त ईकोवायर नेपालको विद्युतीय उद्योगमा एक महत्वपूर्ण कोसेढुंगाको रूपमा रहनुका साथ साथै यसले ग्राहकवर्गमा अझ बढी र उच्च कोटीको सुरक्षाको अनुमति दिनेमा कम्पनी विश्वस्त रहेको बताए।
‘इकोवायर नेपालमै पहिलो ह्यालोजन मुक्त एकमात्र तार हो। ग्राहकवर्गको माग, सुरक्षालाई आत्मसात गरी नयाँ नयाँ प्रविधि तथा नविनतम उत्पादनहरु बजारमा ल्याउनेछौँ। यसको कम धुवाँ र उत्सर्जन मुक्त विशेषताहरूले यो सबै प्रयोगकर्ताहरूको लागि उपयुक्त विकल्प बनेको छ। यसबाहेक, यसको खीया नलाग्ने गुणहरू र आगो प्रतिरोधले समग्र सुरक्षा रुपरेखा बढाउँछ।’
नवीनतम प्रविधियुक्त जेड एच ईकोवायर ले आगलागीका जोखिमलाई कम गर्नुका साथै जीवन तथा धनमालको सुरक्षामा महत्वपूर्ण योगदान पुयाउने कम्पतनीको दाबी छ।
लिटमस इन्डस्ट्रिज लिमिटेड नेपालको अग्रणी केबल निर्माता, जसले वि.स. २०३५ सालदेखि देशलाई उज्यालो र औद्योगिक विकासलाई समर्थन गर्दै आएको छ।
सन् २०१४ देखि रमेश कर्म अन्तर्गतको संस्थाको रुपमा नेपालमा अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरी तार तथा केबलको निर्माण गर्दै आईरहेको लिट्मस इन्डस्ट्रिजले विस्तृत रूपमा घर र उद्योगमा निरीक्षणको अभिप्रायहरू प्रदान गर्दै आएको छ।































प्रतिक्रिया