डिजिटल वालेट ‘आइएमई पे’ले एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोगमार्फत फ्ल्याइटमा रु ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ।
यस अफरअन्तर्गत सेवाग्राहीले आईएमई पेमार्फत पहिलोपटक टिकट खरिद गर्दा ‘FLYIME’ प्रोमो कोड प्रयोग गरी रु ५०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी माध्यममार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उदेश्यका साथ ल्याइएको यो अफर भाद्र २४ देखि सुरु भएको छ र पहिलो १००० योग्य सेवाग्राहीलाई प्रदान गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो अफर पहिलोपटक एयरलाइन्स टिकट काट्ने सेवाग्राहीहरूलाई सिमित अवधि लागि मात्र हो।































प्रतिक्रिया