हुन्डाई ‘फेष्टिभ डिलाइट २०८०’ को बम्पर उपहार सार्वजनिक

हुन्डाई ‘फेष्टिभ डिलाइट २०८०’ को बम्पर उपहार सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

हुन्डाई नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट योजनाअन्तर्गत बम्पर उपहार रहेको हुन्डाई एसयूभी सार्वजनिक गरेकाे छ । 

नाडा अटो सो २०२३ को पहिलो दिन मंगलबार हुन्डाईले आफ्नो स्टल बि–५ बाट अर्थमन्त्री प्रकाशशरण महतमार्फत उक्त एसयूभी हुन्डाई एक्सटर रहने भनी सार्वजनिक गरेकाे हाे ।  

हुन्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा रु. ६ लाख सम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप रु.१ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । 

यस योजनाअन्तर्गत बम्पर उपहारमा हुन्डाई एक्सटर पनि प्राप्त गर्न सक्नेछन् । सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना छठ पर्वसम्म लागू हुनेछ ।

Logo