साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनको मूल्य ५ सय रूपैयाँले बढेकाे छ।
शुक्रबार १ लाख ११ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ३ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।
यता, चाँदीको भाउ प्रतितोला ५ रूपैयाँले बढेकाे छ। शुक्रबार १ हजार ३ सय ९५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया