सिद्धार्थ इक्विटी र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-२ को नगद लाभांश खातामा जम्मा

सिद्धार्थ इक्विटी र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-२ को नगद लाभांश खातामा जम्मा

केन्द्रबिन्दु
0
Shares

सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-२ ले आफ्ना इकाईधनीलाई नगद लाभांश बैंक खातामा पठाइसकेका छन्।

दुवै फन्डले भदौ १२ गतेसमम  डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको प्रतिफल भदौ २७ गतेबाट पठाउन सुरु गरेको जनाएका छन्। 

यस्तै, फन्डले हालसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेका छन्। यसका लागि इकाईधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ। 

यसैगरी, हालसम्म हितग्राही खाता नखोलेका इकाईधनीले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ। खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने सिद्धार्थ क्यापिटलले जनाएको छ।

आर्थिक वर्ष २०७९-८० को नाफाबाट इन्भेष्टमेन्ट ग्रोथ स्कीमले करसहित ६.५% र इक्विटी फन्डले करसहित ५% का दरले नगद लाभांश वितरण गरेका हुन्। 

Logo