नाडा अटो शोमा ५०० बढी टाटा टियागो इभीको बुकिङ

नाडा अटो शोमा ५०० बढी टाटा टियागो इभीको बुकिङ

केन्द्रबिन्दु
0
Shares

नाडा अटो शो २०२३ मा टाटा टियागो इभीको उल्लेखनीय मात्रामा बुकिङ भएको छ।

टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही भदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भएको १५औं संस्करणको नाडा अटो शोमा सार्वजनिक गरेको टाटा टियागो इभी, टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चले उत्कृष्ट प्रदर्शन गरेका छन्।

विशेषतः सुरुवाती मूल्य रु २१.९९ लाखमा नेपाली बजारमा सार्वजनिक गरिएको टियागो इभीको अटो शोको ६ दिनमा ५०० भन्दा धेरै बुकिङ भएको कम्पनीले जनाएको छ। साथै, नाडा अटो शोमा नै लन्च गरिएको टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ पनि उल्लेखनीय रहेको छ ।  

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापति भन्छन्, ‘नाडा अटो शोमा जुन प्रकारको उत्साह सर्वसाधारण अटो पारखीले टाटा मोटर्सका गाडीहरुमा देखाउनुभयो, त्यसले हामीमा थप उर्जा थपि दिनुभएको छ। साथै जुन हिसाबले टाटा मोटर्सका गाडीहरुप्रति चासो मात्र नभएर बुकिङ्ग पनि गरिदिनु भएको छ, त्यसले हामीले नेपाली जनताको चाहअनुसारको गाडीहरु ल्याउन सफल भएको महसुस गरेका छौं । र भविष्यमा पनि बजारको माग अनुसारको गाडीहरु नेपालमा भित्रयाउने दृढ़ संकल्प लिएका छौं।’

टाटाका गाडीहरु उत्कृष्ट बिशेषतायुक्त रहेका कम्पनीको दाबी छ। अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँचवटा मुख्य बिशेषताहरु रहेका छन्।  जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आरामदायिता रहेको कम्पनीले जनाएको छ। क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत बिशेषताहरु रहेका छन्। 

यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लसको ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ। टियागो इभी जस्तै नेक्सन इभी एक्स जेट प्लसमा पनि अत्याधुनिक जिपट्रन प्रविधि छ। आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरु भएको नेक्सन इभी एक्स जेट प्लसले अन्यभन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार सुरक्षाका लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन्।  

त्यसैगरी, टाटाको ‘न्यु फरेभ’ रेञ्जअन्तर्गतको टाटा पन्चको ४ आधारस्तम्भहरु  आकर्षक  डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका कम्पनीको दाबी छ। नँया युग सुहाँउदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षाहरुको परिपूर्ति गर्ने कम्पनीको दाबी छ। टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ।

Logo