शाओमीले ल्यायो फेस्टिभ अफरः ‘चाडपर्वको मुड, अफर टु गुड’

शाओमीले ल्यायो फेस्टिभ अफरः ‘चाडपर्वको मुड, अफर टु गुड’

केन्द्रबिन्दु
0
Shares

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा यो चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन विशेष चाडपर्वको अफर लिएर आएको छ । ‘चाडपर्वको मुड, अफर टु गुड’अन्तर्गत लोकप्रिय स्मार्टफोन मोडेलहरूको विस्तृत रेन्जमा रु.२००० सम्मको रोमाञ्चक छुटको साथ यस उत्सवलाई अझ विशेष बनाउन शाओमी नेपाल तयार रहेको छ ।

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘चाडपर्वको सिजन नजिकिँदै गर्दा, विभिन्न स्मार्टफोनहरुमा आकर्षक छुटका साथ विशेष चाडपर्वको अफर लिएर आउन पाउँदा शाओमी नेपाल हर्षित छ। यो लिमिटेड–टाईम अफरले उपभोक्ताहरुलाई असाधारण मूल्य प्रदान गर्ने वाचा गर्दछ, जसले शाओमीको अत्याधुनिक प्रविधिलाई थप पहुँचयोग्य मूल्यहरुमा उपलब्ध गराएको छ।’ 

‘हाम्रो यो अफर भनेको यस चाडपर्वको सिजनमा, हामी हाम्रा ग्राहकहरुले छुट मूल्यहरुमा शाओमी स्मार्टफोनको अनुभव गराउनु हो। टेक्नोलोजी सबैको लागि पहुँचयोग्य हुनुपर्छ भन्नेमा हामी विश्वास गर्दछौँ र यी छुटहरुद्वारा हाम्रो इनोभेटिभ र हाई क्वालिटी स्मार्ट्फोनहरु अझ धेरै मानिसहरुका लागि उपलब्ध गराउने हामीले लक्ष्य राखेका छौँ’, उनले थपे। 

शाओमी नेपालले नेपालका सबै स्मार्टफोन प्रेमीहरूलाई आफ्नो मोबाइल चलाउने अनुभव अपग्रेड गर्ने यो सुनौलो अवसरको फाइदा उठाउन प्रोत्साहित गर्दछ । कम्पनीले यस फेस्टिभ अफरमा धेरै विकल्पहरूको साथ अविश्वसनीय मूल्यमा शाओमी स्मार्टफोन पाउने मौका ग्राहकहरुको लागी प्रदान गरेको छ।

शाओमीकोे फेस्टिभ अफर कार्तिक २९ गते सम्म लागू हुनेछ । यो अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरूमा र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध रहेको छ।

Logo