सामसङले बढाउँदैछ दशैंमा खुशीयाली, मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै

सामसङले बढाउँदैछ दशैंमा खुशीयाली, मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै

केन्द्रबिन्दु
0
Shares

सामसङ नेपालले आफ्ना विश्वासिला ग्राहकहरुको लागि एक उत्साहजनक ग्राहक प्रवर्द्धन  योजना “सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै” सुरु गर्ने भएको छ। 

अब सम्हाल्नुहोस् आफूलाई किनकी, जब तपाईंले कुनै पनि सामसङ मोबाइल वा ट्याब्लेट खरिद गर्नुहुन्छ, तब तपाईंले त्यो उपकरण मात्र होइन, हरेक दिन उपहार स्वरुप २,३३,९०० रुपैयाँ मूल्य बराबरको टिभिएस एनटर्क १२५ सिसि जित्ने अवसर पनि पाउनुहुने कम्पनीले जनाएको छ।

शिर्षक ले भने जस्तै, यो वर्ष सामसङ नेपालले हरेक दिन उपहारमा एउटा टिभिएस एनटर्क १२५ सिसि प्रदान गर्नेछ। जस अनुसार जम्मा २५ दिनमा २५ जना विजेताहरुले उक्त उपहार प्राप्त गर्नु हुने छ। 

यस योजना अन्तर्गत सामसङ स्मार्टफोन र सामसङ ट्याब्लेट किन्नु हुने जो कोही ग्राहक यस योजनामा सहभागी बन्न सक्नु हुन्छ र शनिबार बाहेक हरेक दिन एक टिभिएस एनटर्क १२५ सिसिको भाग्यशाली विजेता बन्न सक्नु हुनेछ।

शनिबार यो योजना नभएपनि शनिबारको दिन प्रवद्र्धन योजनामा सहभागी हुनु भएको ग्राहकहरुको नाम आइतबार गरिने लक्की ड्रमा सामेल गरिनेछ। योजना अवधिभरमा जम्मा २५ जना भाग्यशाली विजेताहरुको नाम सार्वजनिक गरिनेछ।

यो योजना २०८० असोज ५ गते शुरु भई २०८० कार्तिक ३ गतेसम्म कायम रहनेछ। यद्यपि ग्राहकहरुले असोज २ गतेदेखि नै यस योजनामा सहभागी बन्न सक्नु हुनेछ। 

असोज २ देखि असोज ५ सम्म प्राप्त भएका ईन्ट्रीहरुलाई असोज ५ गते हुने लक्की ड्रमा एकसाथ समावेश गरिनेछ। लक्की ड्र सातामा २ पटक इमेज च्यानलको म्युजिक अफ योर च्वाइस कार्यक्रममा प्रस्तुत गरिनेछ। 

सामसङ स्मार्टफोन वा ट्याब्लेट खरीद गरि उपकरणको सिरियल नम्बर प्राप्त गर्न *#06# डायल गर्नुपर्ने छ। त्यस्तै, सामसङ स्पेस (SAMSUNG<space) सिरियल नम्बर टाइप गरेर ३१००१ मा एसएमएस गर्नुपर्ने छ।  

देशभरमा रहेका ३०० भन्दा बढी सासमङ इन्स्टा फाइनान्स सुविधा रहेको आउटलेटका साथै २२ वटा सामसङ एक्सपिरिएन्स स्टोरहरुबाट सजिलैसँग आफ्नो स्मार्टफोन अनुभवलाई आजै राम्रो बनाउन सक्नु हुनेछ।  

Logo