नेपालमा नवीकरणीय उर्जा पहललाई बढावा दिन टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेड र दुगड पावर फोर्जबीच सहकार्य भएको छ। यो सहकार्यले नेपालमा दिगो ऊर्जा उत्पादनमा कोशेढुंगा बन्न मद्दत गर्ने बताइएको छ।
टाटा पावर नवीकरणीय उर्जा लिमिटेड (टीटीआरईएल) नवीकरणीय उर्जाको क्षेत्रमा एउटा अग्रणी कम्पनी हो भने दुगड पावर फोर्ज दुगड ग्रुपको भगिनी कम्पनी हो। टाटा पावर भारतको पावर कम्पनीहरूमध्ये सबैभन्दा ठूलो कम्पनी हो।
टाटा पावर नवीकरणीय उर्जा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष खन्नाले भने,‘दुगड पावरसँगको यो साझेदारी नेपालको उर्जाको क्षेत्रको इन्जिनियरिङ्गलाई पुनःपरिभाषित गर्ने रणनीतिक एकता हो। जब हामी नेपालको ऊर्जाको सम्भाव्य बजारभित्र प्रवेश गर्दछौँ, एउटा परिवर्तनशील प्रभाव रहोस् भन्ने हामी चाहन्छौँ। दुवै कम्पनीहरूसँग रहेका स्रोतहरू र विज्ञताको एकताले यस क्षेत्रमा दिगो ऊर्जाको खपतमा रहेको प्रणालीमा नयाँ परिस्थिति सिर्जना गर्नेछ भन्नेमा हामी आशावादी छौँ।’
दुगड पावर प्रालिका व्यवस्थापकीय निर्देशक अभिशेक दुगड भने‘टाटा पावर नवीकरणीय उर्जा लिमिटेडसँगको हाम्रो सहकार्य नेपालको उर्जाको क्षेत्रको आवश्यकतालाई दीर्घकालीन, आत्मनिर्भर र नवीकरणीय बनाउने रणनीतिक एकता हो। आर्थिक विषयमा हाम्रा साझा सरोकार पनि छन्। नेपालको हरेक कुनामा स्वच्छ उर्जा पुर्याउने कुरामा हामी प्रतिवद्ध छौँ। नेपालको दिगो उर्जाको भविष्यलाई थप मद्दत गर्ने हाम्रो प्रतिवद्धतालाई उजागर गर्ने दस्तावेज यो साझेदारी हो।’





























प्रतिक्रिया