एनएमबी बैंकले ग्राहकहरुका लागि ‘एनएमबी बुद्ध भिसा’ डेबिट कार्ड ल्याएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमबीच बैंकले डेबिट कार्ड सार्वजनिक गरेको हो । डोमेष्टिक एभिएसनमा प्रभाव जमाएको बुद्ध एअरसंग सहकार्य गर्न पाउँदा गौरवान्वित भएको बैंकले जनाएको छ । बुद्ध एअरमा कारणवश फ्लाइट क्यान्सिल गर्न पर्यो भने यो कार्डमार्फत विना चार्ज क्यान्सिलेसन गर्न सकिने छ । त्यसो त कार्ड होल्डरले बुद्ध एअरमा यात्रा गर्दा पाँच केजी सामान अतिरिक्त लैजान पाउनेछन् भने विभिन्न सन्दर्भमा टिकटमा १० प्रतिशत छुट पनि पाउनेछन् ।
रोयल मेम्बरसिप कार्ड होल्डरले पाएको सुविधा यो कार्डहोल्डरले पनि पाउने र जुनसुकै एटिएम मेसिनमा पनि निशुल्क चलाउन सकिने बैंकले जनाएको छ ।
सो अवसरमा एनएमबी बैंकका सिइओ सुनिल केसीले डेबिट कार्ड सेवा बैंकिङ क्षेत्रमा सम्भव त पहिलो भएको दाबी गरेका छन् । आफ्ना ग्राहकलाई फरक खालको सेवा दिन बैंक प्रतिबद्ध रहेको बताउँदै उनले भने, ‘आज हाम्रो लागि हिस्टोरिकल डे हो ।’
त्यस्तै, बुद्ध एअरका अध्यक्ष बिरेन्द्रबहादुर बस्नेतले एनमएबी र बुद्धको सम्बन्धलाई यस किसिमको सहकार्यले अझ बलियो बनाउने बताएका छन् । चीनबाट नेपालमा पैसा ट्रान्सफर गर्न यो कार्ड मार्फत सहज हुने उनको भनाई छ । यसले चिनियाँ पर्यटकको आगमन पनि बढाउने उनले बताए ।































प्रतिक्रिया