शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई लिमिटेडसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ ।
ग्राहकले अब कुनै पनि समयमा आईएमई रेमिटेन्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । जसले गर्दा बैंकमा वा आईएमइ रेमिटेन्स संकलन गर्ने शाखामा गई लाममा उभिनु पर्दैन ।
ग्राहकलाई बैंकमा उपस्थित नभइकन पनि अनलाइनबाटै रेमिट्यान्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै नै लाभान्वित हुने विश्वास बैंकले लिएको छ
यसअघि, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा इसेवा रेमिट्यान्स (ईएमटी) सेवालाई पनि एकीकृत गरेको थियो, जसले गर्दा ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स प्राप्त गर्न सक्दथे । आगामी दिनहरुमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले अन्य रेमिट्यान्स सेवाहरु पनि एकीकृत गर्ने योजना बनाएको छ ।
सन् २००१ मा स्थापित आइएमई विप्रेषण सेवा प्रदायक नेतृत्वदायी रेमिटेन्स कम्पनी हो । जसले आजभन्दा २२ वर्ष अघि औपचारिक माध्यामबाट पहिलोपटक नेपालमा विदेशी मुद्रा भित्र्याउने कार्यको थालनी गरेको थियो । काठमाडौको पानीपोखरीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले अमेरिका, मलेशिया, बेलायत, अष्ट्रेलिया, युएइ, कतार, साउदी अरव, जापान र भारत लगायतका मुलुकहरुबाट विभिन्न अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा रेमिट्यान्स भित्रयाउँदै आएको छ ।































प्रतिक्रिया