सीजी इलेक्ट्रोनिक्स अन्तर्गत नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ईओएल प्रालिले यसपालीको दसैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।
नेपालमा भान्सा उपकरणहरूका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको एलिका ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै ‘दशैं तिहारमा, उपहार साथमा’ भन्ने नारासहित जारी गरेको यस अफरअन्तर्गत एलिकाको कुनै पनि सामानको (चिम्नी, कुक टप , हब, कुकिङ्ग रेञ्ज, बिल्ट–इन ओभन, बिल्ट–इन मिक्रो वेभ ओभन) खरिदमा सिजी ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप प्रदान गरिएको छ।
यो ग्राहक योजना नेपालभर सीमित अवधिको लागि लागू गरिएको छ।
एलिका १९७० मा स्थापित एक इटालियन कम्पनी हो जसले किचन हुड, इन्डक्शन हब, र बोइलर डिजाइन र निर्माण गर्दछ। आज कम्पनीको विश्वभर इटाली, पोल्याण्ड, मेक्सिको, भारत र चीनमा सातवटा प्लान्टहरू छन्।
तीन हजार आठ सय कर्मचारीहरूले हरेक वर्ष २०.७ मिलियन हुडदेखि मोटरसम्म उत्पादन गर्दछन्। एलिकाको को खाना पकाउने व्यवसाय इकाईले घरेलु प्रयोगको लागि किचन हुडहरू डिजाइन, निर्माण र बिक्री गर्दछ। एसियाली बजारका लागि कम्पनीले हब, ओभन र स्टेरिलाइजर पनि उत्पादन गर्दछ।





























प्रतिक्रिया