काठमाडौं ।
आईएमएस ग्रुपद्वारा स्मार्टडोकोको पर्याप्त हिस्सेदारी हासिल गर्न सम्झौता गरेको छ ।
स्मार्टडोको नेपालको सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म हो। कम्पनीले विगत चार बर्षदेखि अधिकृत कम्पनीहरूबाट जेनुवन सामानहरू अर्डर गर्न र केही घण्टामै ग्राहकको ढोकामा पु¥याउन सहज सुविधा प्रदान गर्दै नेपाली बजारमा काम गरिरहेको छ ।
यस कम्पनीको सुविधाहरुः जस्तै रिंगरोड भित्र निःशुल्क डेलिभरी, रिवार्ड पोइन्ट सिस्टम, स्मार्टडोको एक्सक्लूसिभ उत्पादनहरू, सजिलो रिटर्न पोलिसी, छुट कुपन, बहु भुक्तानी विकल्प लगायत हुन् । जसकाकारण स्मार्टडोको सबैभन्दा मन पर्ने अनलाइन साइटहरू मध्ये एक मनिन्छ ।
आईएमएस ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्रा भन्छन् , “नयाँयुग डिजिटल हुँदै गइरहेको साथसाथै स्मार्टफोन र अनलाइन क्षेत्रमातिब्र गतिले विश्वव्यापी ई–कमर्समा ठूलो वृद्धि देखिएको छ । त्यसैले आईएमएस ग्रुपले स्मार्टडोकोमा थप लगानी गर्ने निर्णय गरेको छ । सम्पूर्ण विश्व महामारीको चपेटामा परिरहेको बेला ग्राहकहरु आक्रामक रूपमा अनलाइनशपिंगको प्रयोग गरिरहेको अवस्थामा हामीले निकट भविष्यमा ई–कमर्सको व्यवसाय फस्टाउँदै गईरहेका देख्छौं । तसर्थ, कम्पनीले हालको आवश्यकताहरू सम्बोधन गर्न र डिजिटल वर्ल्डको साथ जारी राख्न एक क्लिक समाधान प्रदान गर्नका लागि स्मार्टडोकोमा लगानी गर्ने निर्णय गरेको छ ।”
उनले थपे, “हाम्रो प्राथमिक उद्देश्य, स्मार्टडोकोको ग्राहक अनुभवमा उल्लेखनीय बृद्धि गर्नु हो । हामी ग्राहकहरूको सकारात्मक र नकारात्मक प्रतिक्रियाबाट धेरै सचेत छौं । हाम्रो प्रमुख प्रयास ग्राहकहरूका जिज्ञासाहरुलाई सम्बोधन गर्नु र निर्देशित गर्नु हो ।
आइएमएस ग्रुपको बारेमा
आईएमएस ग्रुप एक स्थानीय समूहहो जसको अन्तर्गत २० भन्दा बढी कम्पनिहरु छन् । आईएमएस नेपालमा सामसुङ्ग स्मार्टफोनको राष्ट्रिय वितरक हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइलफोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो । कम्पनीले विगत २८ बर्षमा विशाल उन्नती गरेको छ, जुन आईएमएस ग्रुपको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ । कम्पनीले लक्जरी कोरियाली अटोमोबाइल ब्रान्ड साङ्योङ्गको डिलरसिप पनि प्राप्त गरेको छ र हालसालै नेपालका लागि डाक्टरब्राउन, क्रेन, हिमालय, बिबि लभ, ड्रिम बेबिएनर्जाइजर र डीजिआइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिलरशिप पनि प्राप्त गरेको छ ।





























प्रतिक्रिया