कीर्तिपुरमा गरिमा विकास बैंकको शाखा कार्यालय सञ्चालन

कीर्तिपुरमा गरिमा विकास बैंकको शाखा कार्यालय सञ्चालन

केन्द्रबिन्दु
0
Shares

विगत १६ वर्ष देखि निरन्तर गुणस्तरीय एवं सुरक्षित बैकिङ सेवा प्रदान गर्दै आएको गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आइरहेको छ । 

आफ्नो शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिँदै बैंकले ऐतिहासिक धरोहर बोकेको कीर्तिपुर, काठमाडौंमा आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ आफ्नो १२२औं शाखा कार्यालय सञ्चालन गरेको छ । काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सुन्दर शहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले समेत निकै नै महत्वपूर्ण मानिन्छ । 

हाल यस विकास बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।

Logo