साना बचतकर्ताहरुको लगानी सुरक्षित गर्नुपर्छः अर्थमन्त्री महत

साना बचतकर्ताहरुको लगानी सुरक्षित गर्नुपर्छः अर्थमन्त्री महत

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा.प्रकाशशरण महतले शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक भएको बताएका छन्। 

सोमबार काठमाडौँमा आयोजित धितोपत्र बजारको पूर्वाधार,उपकरण,लगानीकर्ताको व्यवहार र बजार स्थायित्व कार्यक्रममा उनले साना आम बचतकर्ताहरुको लगानी सुरक्षित गर्नुपर्ने बताएका हुन्। 

‘शेयर बजारलाई स्वस्थकर बनाउन जरुरी छ।आम लगानीकर्ता साना साना बचतकर्ताहरु छन्। उहाँहरुको लगानी सुरक्षित गर्न आवश्यक छ’ उनले भने।

उनले यससम्बन्धी नियम कानुन अपुरो भएको भन्दै र त्यसलाई पूर्णता दिने काम भइरहेको बताए। पहिलेको तुलनामा ब्रोकरहरु बढेको कारणले प्रतिस्पर्धाको सुरुवात गर्न पर्ने आवश्यकता देखिएको उनको भनाई छ। 

Logo