बझाङ केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प

बझाङ केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प


बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । 

मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङ केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । त्यसपछि ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको भूकम्प गएको हो । पहिलो भूकम्पको तालकोट गाउँपालिका आसपास केन्द्रबिन्दु बनाएर गएको थियो । दोस्रो चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको हो । 

भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका तराईका जिल्लासहित लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही भागमा समेत धक्का महसुस भएको छ । क्षतिबारे भने कुनै विवरणहरू प्राप्त भएका छैनन् । 
 

Logo