नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, सबै समूहको उपसूचक राताम्मै

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, सबै समूहको उपसूचक राताम्मै

केन्द्रबिन्दु
0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो ।
     
विभिन्न कम्पनीका दुई सय ८१ कम्पनीको ३९ लाख ६५ हजार नौ सय १७ कित्ता शेयर ५५ हजार ९६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १९ करोड ९१ लाख एक हजार तीन सय २४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सबै समूहको उपसूचक रातो देखिँदा सबैभन्दा धेरै व्यापार समूह एक दशमलव ४७ र जलविद्युत् समूहको उपसूचक एक दशमलव ३८ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ६१, विकास बैंक एक दशमलव २२, वित्त एक दशमलव २७ र होटल तथा पर्यटन समूह एक दशमलव २३ प्रतिशतले घटेको छ । 
    
लगानी समूहको उपसूचक शून्य दशमलव ९३, जीवन बीमा शून्य दशमलव ८२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७२, लघुवित्त शून्य दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव ८०, निर्जीवन बीमा शून्य दशमलव ६९ र अन्य समूहको उपसूचक एक दशमलव ०५ प्रतिशतले घटेको छ ।

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै सात दशमलव ९१ प्रतिशतको वृद्धि देखिएको छ । सबैभन्दा धेरै शेयर मूल्य घट्नेमा भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ५४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रू पाँच करोड ५९ लाख ७० हजार छ सय ५२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने नविल ब्यालेन्स फन्ड-२ को एक लाख ८१ हजार आठ सय ४९ कित्ता शेयर किनबेच भएको छ ।

Skip This
Skip This
Logo