नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल

केन्द्रबिन्दु
0
Shares

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन् । 

बुधबार टेलिकमले विज्ञप्ति सार्वजनिक गर्दै कम्पनीका नायव प्रबन्ध निर्देशक पहाडीलाई अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीकाे निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गरिएकाे जानकारी दिएको हो । ३० वर्षको सेवा अवधि मध्य २२ वर्ष मोवाइल सर्भिसको स्थापना काल देखिनै सेवारत पहाडी पछिल्लोसमय केन्द्रिय कार्यालयमा डेपुटी म्यानेजिङ डाइरेक्टर तहमा चिफ कमर्सियल अफिसर (सीसीओ) पदमा कार्यरत थिइन् । 

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी छन् ।

अर्यालले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् । २०५१ फागुन १० गते उनले स्थायी नियुक्ति लिएकी थिइन् ।

Logo