अनरको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रालिले ग्राहकका लागि चाडपर्व अफर ल्याएको छ ।
स्मार्ट प्रविधि अनरका लागि नेपालको आधिकारिक वितरकमा सेलट्रोन नेपाल प्रालिले “बनाऔं दसैं अनरमय” भन्ने ट्याग लाइनका साथ बम्पर उपहारको पर्व ल्याएको हो । कम्पनीले चाडपर्वको अवसरमा यो अफरले अनर ग्राहकहरू माझ उत्साह सिर्जना गर्ने विश्वास लिएको बताएको छ ।
“अनरको बहार, चाडपर्वमा उपहारै उपहार” नामक अभियान सुरु गरिएको छ । जसअन्तर्गत खरिदकर्ताहरुले अनर स्मार्टफोनको हरेक खरिदमा दैनिक उपहार, मेगा उपहार, बम्पर उपहार र भेस्पा जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।
पहिलो उपहार– दैनिक उपहारमा ग्राहकहरुले ५ हजार ९९० मूल्यको अनर इयरबड एक्स ५ वा ६ हजार ४९० पर्ने अनर ब्यान्ड सीक्स जित्ने मौका पाउनेछन् ।
दोस्रो उपहार– मेगा गिफ्टमा खरिदकर्ताहरुले ४३ स्मार्ट टिभी वा अनर वाच ४ वा अनर ९० ५जी जित्ने मौका पाउन सक्छन् । त्यसपछि तेस्रो चरणमा ग्राहकहरूले ल्यापटप वा थाइल्याण्ड टुर जित्ने मौका पाउन सक्छन् । अन्त्यमा एक भाग्यशाली विजेताले भेस्पा स्कुटर जित्न सक्नेछन् । दैनिक विजेता र अन्य विजेताहरूको घोषणा अनर फेसबुक पेज अनर एनपी र इन्स्टाग्राम पेज अनर नेपालबाट गरिनेछ ।
अनरको उपहारमा कसरी सहभागी हुने ?
ग्राहकहरूले कुनै पनि अनर स्मार्टफोन खरिद गर्नुपर्छ । त्यसपछि अनर स्पेस आइएमईआइ १ नम्बर टाइप गरी ३५००१ मा पठाउनु पर्नेछ । अनरको यो अफर १४ असोज ३ कार्तिक (१ अक्टोबर देखि २० नोभेम्बर) सम्म मान्य छ ।
अनरले ग्राहकहरुलाई “दशैं उत्सव, छुटको उत्सव” अभियान अन्तर्गत निश्चित अनर स्मार्टफोन र सहायक उपकरणहरूको मूल्यमा आकर्षक छुटको समेत व्यवस्था गरेको छ । जसअन्तर्गत ग्राहकले अनर एक्स ९ ए स्मार्टफोन ४३ हजार ४९० रुपैयाँमा, अनर वाच ४ मात्रै १९ हजार ९९० मा अनरको ब्यान्ड ६ मात्रै ५ हजार ४९० मा र अनर एयरबड एक्स५ पाँच हजार ४९० रुपैयाँमा खरिद गर्न सक्नेछन् ।





























प्रतिक्रिया