उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कोही पनि राजनीतिक पार्टीको गोटी बन्न नहुने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा मन्त्री रिजालले मुलुक रहे र आर्थिक समृद्धि रहे मात्र आफूहरु रहने तर्क गर्दै राजनीतिक पार्टीको गोटी बन्न नहुने बताएका हुन् । ‘कुनै पनि राजनीति पार्टीको गोटी कोही पनि बन्न हुँदैन । यो मुलुक रहे आर्थिक समृद्धि रहे हामी राजनीतिक पार्टी हौं । हैन भने हामी कुनै राजनीतिक पार्टीको व्यक्ति बन्न सक्दनौं ।’
मन्त्री रिजालले समग्रमा सबै एक ठाउँमा बसेर मुलुक निमार्ण गर्नुपर्ने बताएका छन् । निजी क्षेत्रले हात उठाइदियो भने हामी सबै डुब्छौं उनको भनाई छ । ‘कृषिलाई उद्योगको हिसाबले लाने हैन भने यो मुलुक आत्मनिर्भर बन्न सक्दैन । यो २ कठ्ठा २ रोपनीबाट हामीले आम्दानी गर्न सक्छौँ भन्ने सोच बदल्न सकेनौ । भने हामी अगाडि बढ्न सक्दनौं ।’
कृषिलाई उद्योगको हिसाबले लाने हैन भने मुलुक आत्मनिर्भर बन्न नसक्ने बताएका उनले निजी क्षेत्रलाई उकासेर अगाडि बढ्नु आवश्यक रहेको बताए ।































प्रतिक्रिया