अर्थतन्त्रको समस्या समाधानका लागि ‘बोल्ड’ डिसिजन गर्नुपर्ने छः प्रधानमन्त्री

अर्थतन्त्रको समस्या समाधानका लागि ‘बोल्ड’ डिसिजन गर्नुपर्ने छः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, नीति कार्यक्रम, बजेट निमार्ण र अर्थतन्त्रमा परेको समस्या सामना गर्न ‘बोल्ड डिसिजन’ आवश्यक रहेको बताएका छन् । 

राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य कार्यक्रममा प्रधानमन्त्री दाहालले टालटुले तरिकाले अहिलेका समस्याको समाधान दिगो रुपमा गर्न सम्भव नभएको भन्दै यसको सन्दर्भमा एउटा मेजर अपरेसनतिर जाने सोच बनाएको बताएका हुन् । 

उनले भने, ‘अर्को वर्ष नीति कार्यक्रम, बजेट निमार्ण र अर्थतन्त्रमा परेको समस्याको सामना गर्ने सन्दर्भमा ‘बोल्ड’ निर्णय गर्नुपर्ने छ । मैले सरकारको कार्यकारी प्रमुखको हैसियतले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यका सन्दर्भमा, हामीले अपनाउँदै आएका नीतिका सन्दर्भमा एउटा मेजर अप्रेसनतिर जाने सोच बनाएको छु । टालटुले तरिकाले सुधारका सामान्य कुराले अहिलेका समस्याको समाधान हामीले दिगो रुपमा गर्न सम्भव छैन ।’ 

अहिलेसम्म अपनाएको नीति, नीति बनाउने प्रक्रिया, विधि, बजेट निमार्णको प्रक्रियामा सबैको गम्भीर आत्मसमिक्षा गर्दै पोलिसीमा एउटा नयाँ सुधारको आवश्यक भएको उनको भनाई छ । उनले नीजि क्षेत्रसँगको सहकार्य नै अर्थतन्त्रको दबाबबाट देशलाई मुक्त गर्ने र नयाँ वातावरण बनाउने चाबी भएको भन्दै निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यले देश विकासको लागि आवश्यक भएको बताए । 

शक्तिको हिसाबले नेपाल कमजोर नभएको भन्दै व्यवस्थापन र पोलिसीमा सुधार गर्न सक्यौ भने सबैभन्दा बढि विकास हुन सक्ने देश नेपाल नै भएको पनि उनको भनाई छ । 

Skip This
Skip This
Logo