नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।
आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
समायोजन भएसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको हो ।
प्रतिक्रिया