ह्वावेसँगको सहकार्यमा चाइना मोबाइलले सगरमाथामा पहिलो एफटीटीआर-बी नेटवर्क जोड्ने

ह्वावेसँगको सहकार्यमा चाइना मोबाइलले सगरमाथामा पहिलो एफटीटीआर-बी नेटवर्क जोड्ने

केन्द्रबिन्दु
0
Shares

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर- बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका छन् । 

ह्वावे एफटीटीआर- बी (फाइबर-टू-द-रुम बिजनेस) समाधानमा आधारित, चाइना मोबाइलले विश्वकै अग्लो ठाउँमा रहेका कर्मचारी र पर्यटकहरूलाई उनीहरूको दैनिक सञ्चार र व्यापार आवश्यकताहरू पूरा गर्दै अल्ट्रा-गिगाबिट प्रिमियम वाईफाई सेवाहरू प्रदान गर्ने छ ।

समुन्द्री सतहबाट ५,२०० मिटर उचाइमा रहेको पर्यटक शिविरको व्यवस्थापन कार्यालयमा कर्मचारीले वातावरण संरक्षण यन्त्रहरू जाँच्न, उच्च रिजोलुसनको फोटो र भिडियोहरू फिर्ता पठाउन र प्रत्येक दिन माउन्ट एभरेष्ट एडमिनिस्ट्रेशन ब्यूरोमा लग्नुपर्छ । कमजोर नेटवर्क अवस्थाका कारण, फ्रेम फ्रिजिङ, ढिलो भिडियो अपलोड, र कागजात पठाउन बारम्बार समस्या हुने गरेको थियो । हाई-स्पीड एफटीटीआर-बी नेटवर्कले सफलतापूर्वक स्थापनापछि यसले नेटवर्कको अवस्थालाई मौलिक रूपमा परिवर्तन गरेको छ । जसले पर्यटक आधार शिविरमा रहेका सबै कर्मचारी र  पर्यटकहरूले प्रिमियम वाईफाई सेवाहरूको आनन्द लिन सक्ने छन् ।

यसका अतिरिक्त, एफटीटीआर- बी को स्थापना समुद्री सतहबाट ४२०० मिटरमाथि नजिकैको सहरको पर्यटक होटलमा राखीएकोे छ । विगतमा, नेटवर्क समस्याहरू जस्तै फ्रेम फ्रिजिङ, नेटवर्क जडान नहुने, र चेक-इन प्रणालीमा सुस्तता समय-समयमा देखा पर्ने गरेको थियो, जसले पाहुनाहरूको इन्टरनेटको पहुचमा असर गरेको थियो । एफटीटीआर- बी स्थापनापछि होटलका ३०० पाहुनारूले एकै समयमा उच्च-गतिको इन्टरनेटमा पहुँच पाउने छन् र होटल कर्मचारीहरूले समेत आफ्नो काम धेरै सहज रूपमा गर्न सक्ने भएका छन् ।

ह्वावे एफटीटीआर- बी उपकरण

एफएटीटी- बी चीनमा साना र मध्यम आकारका उद्यमहरू (एसएमईएस) को लागि अल्ट्रा-गिगाबिट सबै-अप्टिकल नेटवर्किङ प्रदान गर्न चाइना मोबाइल र ह्वावेद्वारा संयुक्त रूपमा सुरु गरिएको हो । यो प्रविधि व्यापक रूपमा होटल र पसलहरूमा प्रयोग गरिने गरेको छ ।

ह्वावे एफटीटीआर- बी डिभाइसहरूमा लचिलो ट्रिपल-मोड एन्टेनाहरू छन् र भित्री क्षेत्रहरूमा पूर्ण वाईफाई कभरेज प्रदान गर्न छत वा भित्ताहरूमा सजिलै स्थापना गर्न सकिन्छ जसले प्रयोगकर्ताहरूलाई सबै ठाउमा प्रिमियम नेटवर्क अनुभवको आनन्द दिलाउछ । यस प्रविधिले सिग्नलहरू प्रसारण गर्न र एकै समयमा उपकरणहरूमा पावर आपूर्ति गर्न कठिन शक्ति अधिग्रहणको समस्याहरू समाधान गर्न पावर ओभर फाइबर (पीओएफ) केबलहरू प्रयोग गर्दछ । 

थप रूपमा ध्भँत्त्च् एपले व्यवस्थापन कार्यालय र होटलहरूमा आइटी कर्मचारीहरूको लागि नेटवर्क टोपोलोजी व्यवस्थापन, एक-क्लिक नेटवर्क अप्टिमाइजेसन, र सेल्फ-सर्भिस नेटवर्क कन्फिगरेसन जस्ता कार्यहरू प्रदान गर्दछ भने अप्रेशन र मेन्टेनेन्स (ओएनयम) कार्यभार समेत घटाउँछ । चाइना मोबाइलका अप्रेशन र मेन्टेनेन्स इन्जिनियरहरूले यस एपको प्रयोग गरेर अप्रेशन र मेन्टेनेन्स दक्षता सुधार गर्दै नेटवर्क समस्याहरू पत्ता लगाएर समस्या समाधान गर्न सक्छन् ।

२०२४ मा, चाइना मोबाइलले आरोही आधार शिविरमा एफटीटीआर-बी समाधान विस्तार गर्न ह्वावेसँग काम गर्नेछ । यसले पर्वतारोहीहरू विश्वको उच्च ठाउमा जानेक्रममा गीगाबिट नेटवर्कको आनन्द लिन सक्ने छन् । एक अग्रणी विश्वव्यापी आइसीटी पूर्वाधार प्रदायकको रूपमा ह्वावेले चाइना मोबाइल जस्ता अपरेटरहरूसँग व्यापक सहकार्य गरेको छ र धेरै साना र मध्यम आकारका उद्यमहरूलाई एफटीटीआर- बी जस्ता नवीन समाधानहरू मार्फत डिजिटल रूपान्तरण गर्न मद्दत गरेको छ । भविष्यमा, ह्वावेले नवीन प्रविधिहरू प्रयोग गरेर गिगाबिट अप्टिकल नेटवर्कहरू निर्माण गर्न चाइना मोबाइलसँगको सहकार्य गर्न जारी राख्नेछ ।

Skip This
Skip This
Logo