झन्डै एक दर्जन बैङ्कहरूको बेस रेट अर्थात् आधार दर एकल अङ्कमा छ। दुई सरकारीसहित ९ वटा बैङ्कको आधार दर १० प्रतिशत भन्दा तल छ।
हाल स्ट्याण्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, एभरेष्ट, नबिल, नेपाल, नेपाल इन्भेष्टमेन्ट मेगा, सिद्धार्थ एनएमबि र सानिमा बैङ्कको आधार दर एकल अङ्कमा देखिएको हो।
बैङ्कहरूको आधार दर अनुसार नै ऋण लिँदा तिर्नुपर्ने ब्याज सस्तो र महँगो हुने सङ्केत गर्दछ। हाल ती नौ वटा बैङ्कहरूले सस्तो ब्याजमा ऋण दिन सक्ने देखिएको हो। ऋण लिन चाहानेहरुले पनि आधार दर हेरेरै कर्जाका लागि बैङ्क छनौट गर्छन्।
बेस रेटका आधारमा हाल सबैभन्दा सस्तो ब्याजमा स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको पैसा चलाउने सकिने देखिएको छ। बैङ्कको आधार दर ८.६७ प्रतिशत रहेको छ। यस्तै, राष्ट्रिय वाणिज्य बैङ्कको आधार दर ८.७० प्रतिशत, एभरेष्टको ९.३३ प्रतिशत, नबिलको ९.५४ प्रतिशत, नेपाल बैङ्कको ९.६५, नेपाल इन्भेष्टमेन्टको ९.७९, सिद्धार्थको ९.८३, एनएमबिको ९.८५ र सानिमा बैङ्कको ९.९२ प्रतिशत रहेको छ। यी बैङ्कहरूबाट कर्जा लिँदा अन्यको बैङ्कको तुलनामा सस्तो ब्याज पर्न जानेछ।
बेस रेटकै आधारमा भने एनआइसी एशिया, कुमारी, हिमालयन र लक्ष्मी सनराइजबाट ऋण लिँदा महँगो ब्याज तिर्नुपर्ने देखिएको छ। हाल यी बैङ्कहरूको आधार दर क्रमशः १०.९६ प्रतिशत, १०.९४ प्रतिशत, १०.८८ प्रतिशत र १०.८३ प्रतिशत रहेको छ।
यस्तै, हाल माछापुच्छ्रे बैङ्कको आधार दर १०.०१ प्रतिशत, ग्लोबल आइएमईको १०.०९ प्रतिशत, प्रभु बैङ्कको १०.१८, कृषि विकासको १०.३४, नेपाल एसबिआईको १०.४२, सिटिजनको १०.६८ र प्राइम कमर्सियल बैङ्कको १०.७६ प्रतिशत रहेको छ।





























प्रतिक्रिया