सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्याे तोलाको ?

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्याे तोलाको ?

केन्द्रबिन्दु
0
Shares

साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनकाे भाउ बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे भाउ तोलामा १ हजार रूपैयाँले बढेकाे हाे। शुक्रबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १७ हजार रुपैयाँमा काराेवार भइरहेकाे छ।

साथै तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य १५ रूपैयाँले बढेकाे छ। शुक्रबार १ हजार ४ सय रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय १५ रूपैयाँमा काराेवार भइरहेकाे छ ।  

Skip This
Skip This
Logo