ग्लोबल आइएमई बैंकले तीन महिनामा सवा अर्ब बढी खुद नाफा कमाएको छ। शुक्रबार बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो।
पहिलो त्रैमासमा बैंकले १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ। जुन गत आवको सोही अवधिको तुलनामा भने ३.०४ प्रतिशतले बढी हो।
तर, बैंकको खुद ब्याज आम्दानी भने ४९.९२ प्रतिशतले बढेर ४ अर्ब ८० करोड १५ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। यस्तै, बैंकको संचलान नाफा पनि ६.४२ प्रतिशतले वृद्धि भई १ अर्ब ७९ करोड ८५ लाख ८७ हजार रुपैयाँ कायम भएको छ। यता, वितरणयोग्य नाफा पनि ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ कायम भएको छ।
समिक्षा अवधिमा बैंकको निक्षेप संकलन भने गत वर्षको तुलनामा ३.९१ प्रतिशतले बढेर ४ खर्ब ४३ अर्ब १६ लाख ६३ हजार रुपैयाँ पुगेको छ। तर, कर्जा लगानी भने ०.२७ प्रतिशतले वृद्धि भई ३ खर्ब ५७ अर्ब ३७ करोड ३० लाख रुपैयाँ कायम भएको छ।
बैंकको खराब कर्जा पनि २.२८ प्रतिशतले वृद्धि भई ४.३८ प्रतिशत पुगेको छ। समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने ६ रुपैयाँ २९ पैसाले घटेर १३ रुपैयाँ ७१ पैसा कायम भएको छ। यता, प्रतिसेयर नेटवर्थ भने ५ रुपैयाँ ०४ पैसाले वृद्धि भई १६८ रुपैयाँ ३ पैसा कायम भएको छ।































प्रतिक्रिया