कृषि विकास बैंकको निष्क्रिय कर्जाको सीमा नाघ्यो

कृषि विकास बैंकको निष्क्रिय कर्जाको सीमा नाघ्यो

केन्द्रबिन्दु
0
Shares

निष्क्रिय कर्जामा कृषि विकास बैंकले ५ प्रतिशतको सीमा नाघेको छ। बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण यस्तो देखाएको हो।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निष्क्रिय कर्जाको अधिकतम सीमा ५ प्रतिशत तोकिदिएको भएपनि कृषि विकास बैंकको निष्क्रिय कर्जाको सीमा नाघेको छ। बैंकले समयमै ऋणीबाट कर्जाको साँवा तथा ब्याज रकम उठाउन नसकेपछि निष्क्रिय कर्जा बढेको हो। बैंकको निष्क्रिय कर्जा ५.३३ प्रतिशत पुगेको छ। 

बैंकको निष्क्रिय कर्जासँगै लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो रकम ७८ करोड ४८ लाख रुपैयाँ रहेकोमा यो वर्षको पहिलो त्रैमासमा २ अर्ब १६ करोड पुगेको छ। समिक्षा अवधिसम्ममा बैंकलाई ८८ करोड ८० लाख रुपैयाँ नोक्सान भएको छ।

बैंकका अन्य वित्तीय सूचक पनि खस्किएका छन्। बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ऋणात्मकमा गएको छ। गत वर्षको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी २ रुपैयाँ धनात्मक थियो। निष्क्रिय कर्जा बढेपनि बैंकको खुद व्याज आम्दानीमा भने सामान्य सुधार आएको छ। बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६ करोड पुगेको छ। 

Logo