भूकम्प प्रभावितलाई आरजु राइस मिलले पठायाे ५०० बोरा चामल

भूकम्प प्रभावितलाई आरजु राइस मिलले पठायाे ५०० बोरा चामल

केन्द्रबिन्दु
0
Shares

आरजु राईस मिलले भूकम्प प्रभावितका लागि ५ सय बोरा चामल पठाएको छ । जाजरकोटमा गएको भूकम्पबाट प्रभावित भएकाहरुको लागि १२ लाख मूल्य बराबरको १० टन चामल पठाइएको सो मिलले जनाएको छ । 

‘गएको शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट तथा रुकुम पश्चिममा अत्यधिक धनजनको क्षति पुर्‍याएको छ । थुप्रैले आफन्तजन गुमाएका छन् । यस दुःखदमा घडिमा आरजु राइस मिलले त्यस प्रभावित भेगका लागि चामलका ५०० बोरा पठाएको छ । प्रत्येक बोरा २० केजीको रहेको छ । यसको तौल १० टन बराबर रहेको छ । चामलको बजार मूल्य लगभग १२ लाख रुपैयाँ रहेको छ ।’ सो मिलले भनेको छ । 

बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले आफ्नी जेठी छोरी ‘आरजु’को नाममा स्थापना गरेको सो मिलले दुःखको बेलामा सामाजिक दायित्व बहन गर्ने उद्देश्यले सो सहयोग पठाइएको जनाएको छ । 

Logo