ऊर्जा, पर्यटन र आइसिटी क्षेत्रमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह

ऊर्जा, पर्यटन र आइसिटी क्षेत्रमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा लगानी र सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। 

उनले नेपालको ऊर्जा, पर्यटन, कृषि, आइसिटी लगायतका क्षेत्रमा ‘एक्सप्लोर’ गर्न लगानीकर्तालाई आग्रह गरेका हुन्। आज काठमाडौँमा सुरु भएको ‘एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री कन्फेडेरेसन’ को ३७ औँ सम्मेलनमा उनले नेपाली ऊर्जा, पर्यटन, वन, कृषि, आइसिटी, हर्बललगायत  विभिन्न क्षेत्र सम्भावना बोकेको भन्दै त्यसमा लगानी गर्न उनले आग्रह गरेका हुन्।

सर्वोच्च शिखर सगरमाथा र सिद्धार्थ गौतमको जन्मस्थल शान्ति क्षेत्र प्रसिद्ध लुम्बिनी लगायतका चर्चित पर्यटकीय स्थल नेपालमै रहेको उल्लेख गर्दै उनले नेपालमा पर्यटन क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको बताए। 

उनले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न अन्राष्ट्रिय समुदायलाई आग्रह गर्दै यहाँ गरेको लगानी ‘रिटर्न’ हुनेमा आश्वस्त पार्न खोजे।  उनले नेपालले हाल भारत, चीन, बंगलादेशलगायत राष्ट्रमा ‘ड्युटिफ्री मार्केट कनेक्टिभिटी’ बाट व्यापार गर्दै आएको, साउथ एसियासहित विश्वका विकसित देशमा भौतिक र डिजिटल रुपमा पहुँच बढाएर व्यावार बजार विस्तारसँगै अर्थतन्त्रमा सुधार गर्न चाहेको बताए।

Logo