आउँदैछ दराज ११ः११, बिगेस्ट सेल अफ द ईयर

आउँदैछ दराज ११ः११, बिगेस्ट सेल अफ द ईयर

केन्द्रबिन्दु
0
Shares

नेपालको अग्रणी ई-कमर्स ब्राण्ड दराजले ११ः११ सेलको छैठौं संस्करण सार्वजनिक गरेको छ । 

कम्पनीका अनुसार कात्तिकको २५ गतेबाट शुरू हुने यो सेलमा ग्राहकहरूले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन, मनोरञ्जनलगायतका विभिन्न विधाका लाखौं प्रोडक्टमा ७ करोडसम्मको छुट पाउनेछन् । यो सेलमा ग्राहकहरूले निःशुल्क डेलिभरी, रु १०,००० सम्मको मेगा भउचर, मेगा डिलस्‌मा ८० प्रतिशतसम्मको छुट,  साथै मेगा गिभअवे अन्तर्गत रु ९९९ भन्दा माथिको  खरिदमा अग्रिम भुक्तानी गर्ने ११ भाग्यशाली विजेताहरूले सीजी ब्रान्डको वासिङ्ग मेसिन जित्ने मौका पनि समावेश छ ।

साथै बैंकको डेबिट कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले  १५ प्रतिशत वा अधिकतम रु २००० सम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत वा अधिकतम रु २५०० को छुट प्राप्त गर्नेछन्। 

दराजका प्रबन्ध निर्देशक आँचल कुँवरका अनुसार ११ः११ सेल मात्र नभएर उत्साह र उमङ्ग हो ।

उत्साहले भरिएको यो सेलमा उमङ्ग थप्न सुप्रसिद्ध गायिका सुवानी मोक्तानले कात्तिक २४ गते राति १० बजे दराज लाइभमार्फत कार्यक्रम सञ्चालन गर्नेछिन् । यो कार्यक्रम दराजको एपबाट प्रत्यक्ष प्रशारण हुनेछ । 

कार्यक्रममा मोक्तानको सांगीतिक प्रस्तुतिका साथै विभिन्न खेल र प्रश्नोत्तरहरू समावेश छन् । जहाँ दर्शकहरूले सहभागिता जनाएर प्रत्येक ११ मिनेटमा आकर्षक उपहारहरू जित्न सक्ने दराजले जनाएको छ । 

सन् २०१२ मा स्थापना भएको दराज दक्षिण एशियाकै उत्कृष्ट अनलाइन सपिङ्ग प्लेटफर्म हो । हाल दराजका सेवाहरू नेपाल, बंगलादेश, म्यानमार, पाकिस्तान र श्रीलंका गरी ५ देशहरूमा उपलब्ध छ । ३० हजार बिक्रेता र करिब ५० लाख ग्राहकहरूलाई जोड्दै दराजले अहिले २५ लाख उत्पादनहरू बिक्री गर्ने गरेको छ । फेसन, खेलकुद, सौन्दर्यदेखि घरायसी सामानसम्मका उत्पादनहरू दरजले बिक्री गर्दै आएको छ ।

Skip This
Skip This
Logo