मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने समय शुक्रबार सकिँदैछ। गत कात्तिक १० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ।
कम्पनीले १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।































प्रतिक्रिया