सिप्रदी ट्रेडिङ्ग प्रालिले भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडद्वारा उत्पादित म्याक लुब्रिकेन्टसका नयाँ दुई प्रोडक्ट एडब्लु र टाइटानियम नेपाली बजारमा सार्वजनिक गरेको छ।
विश्व प्रसिद्घ म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले म्याक लुब्रिकेन्टससँगको सहकार्य २१ वर्ष पुरा भएको अवसरमा म्याकका नयाँ दुई प्रोडक्ट नेपाली बजारमा सार्वजनिक गरेको हो।
कार्यक्रमा भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडका तर्फबाट पि सुधाहर (कार्यकारी निर्देशक), अमरप्रित सिंह आलुवालिया (हेड ल्युव, ईस्ट्रन रिजन स्ट्राटिजि), मनिन्दर सिंह (डिजिटल ट्रान्सफरमेशन चिफ म्यानेजर), सिप्रदी टेडिङ प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी, चिफ म्यानेजर दिनेश केसीका साथै म्याकका नेपालभरी रहेका डिलरहरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा स्वागत गर्दै सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले आगामी योजनाको बारेमा प्रष्ट पारे। आफ्ना च्यानल पार्टनरहरुलाई सम्बोधन गर्दै आवश्यक सिप तथा तालिमका लागि कम्पनीका तर्फबाट पूर्णरुपमा सहयोग गर्न तयार रहेको र समृद्धीका लागि हरदम सँगै रहने प्रतिबद्धता व्यक्त गरे।
उक्त कार्यक्रममा कम्पनीका चिफ म्यानेजर दिनेश केसीले कम्पनीको आगामी कार्ययोजना र उद्देश्यको बारेमा स्पष्ट पारेका थिए। उक्त कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेसन लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालीका प्रतिनिधिहरुद्वारा सिक्का एप सार्वजनिक गरियो। साथै आफ्ना च्यानल पार्टनरहरुको व्यवसायलाई आधुनिक तथा व्यवस्थित गर्नका लागि सो एप अत्यन्त उत्कृष्ट माध्यम हुने विश्वास पनि व्यक्त गरिएको थियो।
कार्यक्रममा नेपालभरी रहेका सिप्रदीसँग आवद्ध डिलरहरु मध्ये उत्कृष्ट डिलरहरुलाई विभिन्न विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो। सो कार्यक्रमको अन्त्यमा कम्पनीको तर्फबाट प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले सबै सम्मानित सहभागीहरुलाई बधाई दिँदै उपस्थित सम्पूर्ण व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरे। साथै कम्पनीले अपनाउने आगामी रणनीति व्यक्त गर्दै हातमा हात मिलाई निरन्तर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए।































प्रतिक्रिया