एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल बैद्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले बैद्यलाई अध्यक्षमा नियुक्त गरेको हो ।
बैंकमा लामो समयदेखि अध्यक्ष रहेका बिके (विष्णुकृष्ण) श्रेष्ठको निधन भएपछि वैद्य अध्यक्ष बनेका हुन् ।
काठमाडौंको सितापाइलास्थित घर भएका बैद्यले अर्थशास्त्रमा पीएचडी गरेका छन् । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य उनी हाल अनुसन्धानको क्षेत्रमा संलग्न न्यू इरा नामक संस्थासँग आबद्द छन् ।
नवनियुक्त अध्यक्ष बैद्यले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ पनि लिएका छन् ।





























प्रतिक्रिया