प्राइम कमर्सियल बैंकद्वारा भूकम्प पीडितहरुको लागि राहत सामग्री हस्‍तान्तरण

प्राइम कमर्सियल बैंकद्वारा भूकम्प पीडितहरुको लागि राहत सामग्री हस्‍तान्तरण

केन्द्रबिन्दु
0
Shares

प्राइम कमर्सियल बैंकले जाजरकोट भूकम्प पीडितहरुको लागि राहत सामग्री पठाएको छ । 

बैंकले जिल्ला विपद व्यवस्थापन समितिको कार्यालय, जाजरकोटले प्राप्त गर्नेगरी चामल ५०० बोरा, दाल १०० बोरा, त्रिपाल ११० थान र कम्बल मन्डी २५ बोरा (५०० थान) हस्‍तान्तरण गरेकाे हाे । यसअघि बैंकले भूकम्प पीडितहरुको तत्काल राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिसकेकाे छ ।  

गत शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पा जाँदा एक सय ५३ जनाको मृत्यु भएको थियो भने तीन सयभन्दा बढी घाइते भएका थिए । सो भूकम्पबाट ११ हजारभन्दा बढी घरमा आंशिक र १६ हजारभन्दा बढीमा पूर्ण रुपमा क्षति पुगेको छ ।  

Logo