भूकम्प पीडितलाई नेपाल लाइफ इन्स्योरेन्सद्वारा राहत सामग्री प्रदान

भूकम्प पीडितलाई नेपाल लाइफ इन्स्योरेन्सद्वारा राहत सामग्री प्रदान

केन्द्रबिन्दु
0
Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई रु १० लाख बराबरका राहत सामग्री प्रदान गरेको छ ।
 
कम्पनीका कर्णाली प्रदेश प्रमुख अनन्त अधिकारीले नलगाड नगरपालिका र जाजरकोटका प्रमुखलाई दुई सय थान, भेरी नगरपालिकाका प्रमुखलाई दुई सय थान र आठबिसकोट नगरपालिका रुकुम पश्चिमअन्तर्गत १४ नं वडाका अध्यक्षलाई तीन सय थान कम्बल हस्तान्तरण गरेका हुन् । 

कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ती कम्बल प्रदान गरेको आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।  

Skip This
Skip This
Logo