प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही सूचक सकारात्मक भए पनि अर्थतन्त्र दबाबमुक्त भयो भन्ने अवस्था नरहेको बताएका छन्।
अर्थतन्त्रको सङ्कटबारे निजी क्षेत्रसँग मंगलबार भएको छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकारले अर्थतन्त्र दबाबमा छ, सरकार, राजनीतिक दल र निजी क्षेत्र मिलेर सामना नगर्ने हो भने सङ्कट गहिरिन सक्छ भन्ने सोचका साथ कदम चाल्दै आएको बताएका हुन्। अहिले सहकारी, लघुवित्त र बैंकको ब्याजका साथै व्यवसायीले कर्जा नपाउने समस्या पनि रहेको उनले बताए।
तर यसलाई देखाएर एकथरी मान्छेले राजनीतिक लाभ उठाउने कोसिस गरिरहेको उनले बताए। ‘अहिले समाजमा अराजकता फैलाउने कोशिस भइरहेको छ’,बैठकमा प्रधानमन्त्रीले भने,‘आजको बैठकबाट बाहिरको भ्रम चिर्न र सरकार र दलहरू, जो संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छन्, उनीहरू समस्या समाधान गर्न एक ठाउँमा छन् भन्ने सन्देश दिन सक्नुपर्छ।’
सहकारी, लघुवित्त क्षेत्रमा देखिएको सङ्कट समाधानको उपाय खोज्नुपर्ने उनले बताए। प्रधानमन्त्रीले अगाडि भने,‘ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता सिजना गर्न खोजेका छन्। त्यस्तो अराजकतालाई छुट दिन सकिँदैन।’































प्रतिक्रिया