साइमेक्स इन्कद्वारा भूकम्प पीडितका लागि ११ लाख सहयोग

साइमेक्स इन्कद्वारा भूकम्प पीडितका लागि ११ लाख सहयोग

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि बिवाईडी गाडीको अधिकृत वितरक साइमेक्स इन्कले जाजरकोट र रुकुम पूर्वका भूकम्प प्रभावित समुदायहरूका लागि सहायता स्वरूप ११ लाख रुपैयाँ प्रदान गरेको छ ।

कम्पनीले जाजरकोट र रुकुम पूर्वका भूकम्प प्रभावित समुदायहरूका लागि सहायतास्वरूप ग्राहकहरूसँगको सहकार्यमा भूकम्प सहायता कोष सुरु गरेको हो । जसअन्तर्गत हरेक बिवाईडी डल्फिन बुक गरेमा १० हजार रुपैयाँ र बिवाईडी अत्टो ३ बुक गरेमा २० हजार रुपैयाँ कम्पनीको भूकम्प सहायता कोषमा जम्मा हुने कम्पनीले जनाएको छ। 

यो योजना मंसिर २३ गते सम्म लागू हुनेछ। यी बुकिङहरूबाट जम्मा भएको रकमले भूकम्प पिडितहरुलाई सहयोग गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

साे अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने, ‘अग्रिम बुकिङ गरि भूकम्प सहायता कोषमा योगदान गरेका हाम्रा ग्राहकहरुको नाम, हामी हाम्रो सोसल मिडिया प्लेटफर्महरूमा र दैनिक पत्रिकामा प्रकाशित गरेर उहाँहरुको सहयोगको कदर गर्नेछौँ।’

Logo