काठमाडौं ।
यूवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग पर्याप्त मात्रामा बजेट उपलब्ध हुने हो भने ४० हजारको हाराहारीमा रोजगारी सृजना गर्न सक्ने कोषले जनाएको छ ।
कोषसँग पर्याप्त बजेट नभएका कारण चाहेर पनि रोजगारी सृजना गर्न सक्ने अवस्था नभएको कोषले जनाएको छ । ‘कोषसँग स्रोत हुने हो भने ३० देखि ४० हजारको हाराहारीमा रोजगारी सृजना गर्न सक्छ ।’ कोषका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद गौतमले भने । सामान्य अवस्थामा पनि कोषले ३० हजार रोजगारी सृजना गर्न सक्ने कोषले जनाएको छ ।
सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा स्वरोजगार कोषले १२ हजार थप रोजगार सृजना गर्ने कुरा उल्लेख गरेको छ । कोषबाट प्रतिव्यक्ति २ लाख रुपैँयाँ ऋण प्राप्त गर्न सकिन्छ , त्यस्तो ऋणको ६० प्रतिशत उत्पादनमुलक क्षेत्रमा नै लगानी गर्नुपर्छ । कोषबाट ऋण लिएर समान्यतया कृषि, पशुपालन, ब्युटीार्लर, खानी, जडिबुटी लगायतका व्यवसाय गर्न सकिन्छ । यस्तो ऋण कोषले बैंक तथा सहकारीमार्फत ५ प्रतिशतमा उपलब्ध गराउँछ भने बैंक तथा सहकारीले यूवालाई १० प्रतिशतमा उपलब्ध गराउँछन् ।
कोषको स्थापना वि.स.२०६५ सालमा भएको हो । सो समयदेखि हालसम्म ७६ हजार यूवालाई स्वरोजगार बनाएको छ । गत असार मसान्तसम्म ७२ हजार ५४६ युवा स्वरोजगार भएका थिए । कोषले सातै प्रदेशमा आफ्नो शाखा कार्यालय खोलेर आफ्ना सेवा विस्तार गर्ने योजनामा रहेको कार्यकारी निर्देशक डा. गौतमको भनाइ छ ।
यसै विषयमा केन्द्रबिन्दुका लागि कमला अर्यालले निर्देशक डा. गौतमसँग गरिएको कुराकानी हेरौं यो भिडियोमा :





























प्रतिक्रिया