के तपाईं घर बनाउँदै हुनुहुन्छ ? हेर्नुहोस् ‘शिवम् सन्देश’

के तपाईं घर बनाउँदै हुनुहुन्छ ? हेर्नुहोस् ‘शिवम् सन्देश’

केन्द्रबिन्दु
0
Shares

एउटा आफ्नै घर होस् भन्ने इच्छा प्रायः सबैको हुन्छ र घर बनाउने सपना पुरा गर्न हामीले जीवनको ठूलो हिस्सा खर्चन्छौं । बर्षौंको मेहेनत र पसिनाले बनाएको घर योजना अनुरूपकै होस्, घर बनाउँदा कुनै कमजोरी नहोस् भन्ने चाहना सबैको हुन्छ। 

सपनाको घर निर्माण गर्ने क्रममा दु:खले कमाएको सम्पत्ति व्यर्थै खर्च हुन नदिन सही विशेषज्ञ र प्राविधिकको सल्लाह अत्यावश्यक हुन्छ। 

के तपाईं घर बनाउँदै हुनुहुन्छ ? या, घर बनाउने सोचमा हुनुहुन्छ ? तपाईंको लागि एउटा अत्यन्तै उपयोगी खबर छ। 

एनएस क्वालिटी अवार्ड २०१९बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले 'शिवम् सन्देश' लिएर आएको छ। शिवम् सन्देश गुणस्तरीय, सुरक्षित र जुगौँ टिक्ने घर निर्माणका लागि जनचेतनामुलक सन्देशहरूको संग्रह हो। यसमा घर निर्माण पूर्व योजना बनाउँदा , घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारीहरू समावेश गरिएको छ।
 
घर बनाउने जग्गाको छनोट गर्नेबारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने ? विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पुर्याउने ? जस्ता थुप्रै अति उपयोगी जानकारीहरू समेटिएको छ ।  शिवम् सन्देशले भरोसा अटुट सम्बन्धको भन्ने शिवम् सिमेन्टको नारालाइ अझै उचाइमा पुर्‍याएको छ। 

भूकम्प र बाढी जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने ? इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व कति हुन्छ ? साथै घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने जस्ता जटिल लाग्ने प्रश्नहरूको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरू छन्। 

साथै, साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरू पनि शिवम् सन्देशमा समेटिएको छ।
 
सन् २००९ मा मध्य नेपालको हेटौँडामा स्थापित शिवम् सिमेन्ट उधोगले स्थानीय गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरीय शिवम् सिमेन्टको उत्पादन गर्दै आएको छ। निर्माण व्यवसायी र सर्वसाधारणको भरोसा र विश्वास जित्दै आएको शिवम् सिमेन्टले लिएर आएको शिवम् सन्देश उपभोक्ता प्रतिको उत्तरदायित्व र जिम्मेवारीको उत्कृष्ट उदाहरण हो। शिवम् सन्देश, शिवम् सिमेन्टको आधिकारिक वेबपेज, फेसबुक, युट्युब, र इन्स्टाग्राममा गएर हेर्न सकिन्छ।

Skip This
Skip This
Logo