नेपालकै प्रतिष्ठित ब्राण्ड एवं अटोमोटिभ र एलाइड व्यवसायमा संलग्न कम्पनी सिप्रदी ट्रेडिङ्ग प्रालि छैटौं सामाजिक सुरक्षा दिवस कार्यक्रम–२०८० का अवसरमा सम्मानित भएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुवात भएको पाँच वर्ष पुगेको अवसरमा थोक तथा खुद्रा बिक्री क्षेत्रबाट सुचिकृत रोजगारदाताहरु मध्ये आ.व. २०७९/८० मा योगदानकर्ताहरुको संख्याको आधारमा सिप्रदी ट्रेडीङ्ग प्रालिउत्कृष्ट हुन सफल भएको हो ।
उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
सिप्रदी ट्रेडिङ्ग प्रालि अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवाहरु तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रुत गतिमा अगाडी बढिरहेको कम्पनी हो । साथै एक्साइड ब्याट्रीज, म्याक लुब्रिकेन्ट्स र मिसेलिन टायर लगायतको पनि वितरक हो ।































प्रतिक्रिया