१४ निर्माण कम्पनी कालोसूचीमा

१४ निर्माण कम्पनी कालोसूचीमा

केन्द्रबिन्दु
0
Shares

सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको कम्पनीको विवरण सार्वजनिक गरेको हाे।

कालोसूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूले उक्त सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ।

सूचनामा भनिएको छ, “कालोसूचीमा राखिएको सूचना तपसिलका सार्वजनिक निकायहरूबाट लेखी आएबमोजिम यस कार्यालयको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी तपसिलका निर्माण व्यवसायीरआपूर्तिकर्ताहरूलाई देहायको अवधिसम्म कालोसूचीमा राखिएकोले उक्त निर्माण व्यवसायीरआपूर्तिकर्ताहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

Skip This
Skip This
Logo